Techie IT
शनिबार, वैशाख ६,२०८२

साउदीमा रोनाल्डोलाई भव्य स्वागत


काठमाडौं, २० पुस । साउदीको अल नासर फुटबल क्लबले रियादको मिसूल पार्क रंगशालामा भव्य समारोहका बीच पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोलाई भव्य स्वागत गरेको छ ।

केहिदिन अघि म्यानचेस्टर युनाइटेड छाडेर नासरसँग आबद्ध भएका रोनाल्डोलाई क्लबले भव्य स्वागत गरेको हो ।

मंगलबार साँझ रंगशालामा रोनाल्डोलाई स्वागत गर्न हजारौं साउदी फुटबल फ्यानहरूको सहभागिता रहेको थियो ।

रंंगशाला पुग्नुअघि रोनाल्डो साउदीको राजधानीमा नासर क्लबका अध्यक्ष मुसल्ली अल्मुअम्मर र टोलीका मुख्य प्रशिक्षक फ्रेन्च रुडी गार्सियासँगै पत्रकार सम्मेलनमा सहभागि रहेका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै रोनाल्डोले भनेः म यो ठूलो निर्णय गर्न पाउँदा गर्व महसुस गरिरहेको छु ।

रोनाल्डोले आफूलाई यो अवसर दिएकोमा नासरप्रति कृतज्ञता व्यक्त गर्दै साउदी क्लबमा आवद्ध हुने निर्णयबाट आफ्नो परिवार निकै खुसी भएको समेत बताए ।

उनले आफू र आफ्नो परिवारलाई साउदी आइपुग्दा भएको न्यानो स्वागत दिएको भन्दै खुसी व्यक्त गरे । ‘साउदी अरेबियाका मानिसहरू म र मेरो परिवारसँग मायालु छन्, त्यसैले म साँच्चै गर्व गर्छु ।’ रोनाल्डोले उत्साहित हुदैँ भने ।

रोनाल्डो आफ्ना साथी जर्जिना रोड्रिग्वेज र उनका छोराछोरीसँगै नासरसँग आधिकारिक रुपमा सम्झौता गरेको तीन दिनपछि मंगलबार बिहान साउदी आइपुगेका थिए ।

रोनाल्डोले नासरसँग जुन २०२५ सम्म खेल्ने सम्झौता गरेका थिए । करिब २०० मिलियन डलर वार्षिक पारिश्रमिक लिएर रोनाल्डोले नासरसँग साढे दुई वर्षको सम्झौता गरेका थिए ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking, #क्रिस्टियानो रोनाल्डो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545