Techie IT
बिहीबार, माघ ३,२०८१

एकीकृत समाजवादी सरकारमा जाने नजाने निर्णय केन्द्रीय सचिवालयले गर्ने


काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा जाने नजाने बारेको निर्णय गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिने निर्णय गरेको छ । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले मंगलबार बसेको पोलिटब्यूरो बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् । 

उनले आज बसेको बैठकले दुई वटा निर्णय गरेको पनि बताए । पहिलो वामपन्थी मतहरूलाई एक ठाउँमा ल्याउने, मोर्चा बन्दी गर्ने, त्यसको केन्द्र भागमा रहेर काम गर्ने विषयमा सधैँभरि कटिबद्ध रहेर काम गर्ने र दोस्रो सरकारमा जाने विषयको निर्णय पनि केन्द्रीय सचिवालयले गर्ने उल्लेख छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एकीकृत समाजवादी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Mist
6:54 am5:32 pm +0545