Techie IT
आईतबार, वैशाख ७,२०८२

क्रिकेटर सन्दीप लामिछाने डिप्रेसनमा !


काठमाडौं,। नाबालिका बलात्कार आरोपमा कारागारमा रहेको क्रिकेटर सन्दीप लामिछानेलाई डिप्रेसन भएको छ ।

सन्दीपको डिप्रेसन खराब अवस्थामा पुगिसकेको पाइएको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिएका छन् ।

केही दिनदेखि सन्दीपको बोली तथा व्यवहारमा परिवर्तन देखिएको घिमिरेले बताएका छन् । सन्दीपलाई अहिले कारागारममै मनोपरामर्शविद् लगेर परामर्श दिन थालिएको छ ।

सन्दीपलाई दैनिक काउन्सिलिङ गर्नुपर्ने अवस्था देखिएको घिमिरेले बताए । कारागारमा छुट्टै कोठा नभएकाले काउन्सिलिङमा समस्या भएको बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #सन्दीप लामिछाने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545