११औँ गोरखा महोत्सवका लागि प्रधानमन्त्रीलाई निम्ता

काठमाडौं । गोरखा उद्योग वाणिज्य सङ्घले ११औँ गोरखा महोत्सवको प्रमुख अतिथिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अनुरोध गरेको छ ।
गोरखा उद्योग वाणिज्य सङ्घको टोलीले प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेर महोत्सवको प्रमुख अतिथिका लागि निम्तो हस्तान्तरण गरेको हो ।
प्रधानमन्त्री दाहालले यही पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने पूर्वकार्यतालिका रहेको उल्लेख गर्दै सकेसम्म आफू कार्यक्रममा उपस्थित हुने वचन दिनुभएको छ ।
सङ्घले ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा यही पुस २७ गतेदेखि माघ ७ गतेसम्म ११औँ गोरखा महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला, २०७९ आयोजना गर्दैछ ।
प्रधानमन्त्री दाहाललाई सङ्घका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष जीवनज्योति श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष भगवानबाबु मास्के तथा महासचिव प्रकाशचन्द्र श्रेष्ठले महोत्सवमा प्रमुख अतिथिका लागि निम्तो दिनुभएको थियो ।
सङ्घको टोलीका साथ पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पनि बालुवाटार जानुभएको थियो । दाहाल गत प्रतिनिधिसभा निर्वाचन, २०७९ मा गोरखा क्षेत्र नं २ बाट प्रतिनिभिसभा सदस्यमा विजयी हुनुभएको थियो । रासस
क्याटेगोरी : समाचार
ट्याग : #११औँ गोरखा महोत्सव, #hot, #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्