पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आर्थिक समृद्धीको ढोका खोल्यो : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले पर्यटकको माध्यमबाट आर्थिक समृद्धि हासिल गरी गरिबी निवारणको ढोका खोलेको बताएका छन् ।
आईतवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन पश्चात पोखरामा कुराकानी गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटक ल्याउनको लागि अन्य पर्यटन पूर्वाधारहरु निर्माण गरी पर्यटकको माध्यमबाट आर्थिक समृद्धि हासिल गरी गरिबी निवारण गर्ने ढोका खुलेको बताए । उनले विमानस्थलमा व्यवसायिक उडान शुरु भएपनि विमानस्थलसँग जोडिएका अन्य पूर्वाधारहरु बनाउन बाँकी रहेको बताए ।
उनले धेरै दुःख गरेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सफल भएकाले व्यवसायिक उडान सञ्चालनमा आउँदा खुशी भएको पनि बताए । उनले नेपालको नागरिक उड्डयन क्षेत्रमा सबैभन्दा ठूलो नीतिगत निर्णय २०६४ सालमा आफू पर्यटनमन्त्री भएको बेला भएको दाबी गरे । उनले पर्यटनमन्त्री भएको बेला पोखरा अन्तर्राष्ट्रिय र भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नीतिगत निर्णय गरेको उल्लेख गरे ।
पूर्वमुख्यमन्त्रीसमेत रहेका गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि जग्गा विवाद मिलाउने काममा समेत आफ्नो महत्वपूर्ण भूमिका रहेको बताए । उनले पाँच वर्ष अगाडि गण्डकी प्रदेश बन्दा गण्डकी प्रदेश सरकारको मुख्य आधार पर्यटनलाई मानेकाले त्यसको आधार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रहेको बताए । उनले अब पोखरा नजिकका मनाङ,मुस्ताङ,ढोरपाटन लगायतका स्थानहरुमा विमानस्थलहरु नियमित रुपमा चलाउनुपर्ने आवश्यता रहेको बताए ।
उनले पोखरा घुम्न आउने पर्यटकहरुलाई धौलागिरी,मनास्लु र अन्नपूर्ण क्षेत्रमा समेत जानसक्ने अवस्था बनायो भने पर्यटनको माध्यमबाट पोखराको मात्रै नभएर समग्र गण्डकी क्षेत्रको विकास हुनसक्ने जानकारी दिए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता एक वर्षकै १० लाख रहेको भन्दै पाँच वर्षभित्र आफ्नो प्रदेशको २५ लाख जनसख्या बराबरको पर्यटक पुर्याउने अभियानको लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
उपमहासचिव गुरुङले अब बाँकी रहेको अन्य विमानस्थलहरु पनि सञ्चालन गरेर अन्य पूर्वाधार बनाएर भारतीय, चिनियाँ र युरोपका पर्यटकहरु धेरै ल्याउनसके पर्यटकको माध्यमबाट गण्डकीको समृद्धि सम्भव रहेको बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण भएको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो ।
विमानस्थलबाट यति,बुद्ध, सूर्य,श्रीएयरलाइन्स,हिमालयन,समिट र गुण लगायतका एयरलाइन्सले आईतवारदेखि नै उडान गरेका छन् । यो विमानस्थल २४ सै घण्टा सञ्चालन गर्नसकिने हिसाबले निर्माण भएको छ । विमानस्थल सञ्चालनमा आएपछि पोखरामा आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । चर्चा भएको ४७ वर्षपछि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तयार भएकाले पोखरेली जनताको महत्वाकांक्षी योजना पूरा भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पृथ्वीसुब्बा गुरुङ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्