Techie IT
आईतबार, वैशाख ७,२०८२

शीतलहरबाट जनतालाई जोगाउन गृहमन्त्री लामिछानेले दिए सीडीओहरुलाई निर्देशन


काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले अत्याधिक रुपमा बढिरहेको चिसोलाई मध्यानजर गर्दे ७७ वटा जिल्लाकै सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई शीतलहर जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिएका छन्र ।

साथै उनले गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारी ९सीडीओ०हरुलाई निर्देशन दिएका छन् । मन्त्री लामिछानेले आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए ।

बैठकमा ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी भएका थिए ।

त्यसपछि दिउँसो २ बजे विपद् व्यवस्थापन समितिको बैठक पनि आह्वान भएको छ। विपद् व्यवस्थापनमा पनि ७७ वटै जिल्लाका सिडिओहरु हुनेछन्।

गृहमन्त्री भएर पदभार ग्रहण गरेकै दिन उनले गृहप्रशासन सुधारमा आफ्नो प्रयास रहने र विधिको शासन कार्यान्वयनमा सहयोग रहने प्रतिबद्धता जनाएका थिए।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #गृहमन्त्री, #रवि लामिछाने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545