Techie IT
आईतबार, वैशाख ७,२०८२

पोखरा एभेञ्जर्स र काठमाडौं नाइट्सबीचको खेल जारी


काठमाडौं । नेपाल टी-२० लिग अन्तर्गत पोखरा एभेञ्जर्स र काठमाडौं नाइट्सबीचको खेल अहिले जारी रहेको छ ।

कीर्तिपुर मैदानमा सोमबार बिहान ९ बजदेखि सुरु भएको पहिलो खेलमा पोखरा एभेञ्जर्स र काठमाडौं नाइट्स् भिडिरहेका छन्। सोमबार दिउँसो १ बजेबाट सुरु हुने दोस्रो खेलमा फारवेस्ट युनाइटेड र जनकपुर खेल्ने भएका छन् । काठमाडौं ५ खेलमा तीन वटा जित र दुई हारसहित अंक ६ बटुल्दै तालिकाको तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै पोखरा एभेञ्जर्स ७ खेलमा दुई वटा मात्रै जित हात पार्दै ४ अंकसहित चौथो स्थानमा रहेको छ । त्यस्तै जनकपुर ६ वटा खेलबाट ४ जित हात पार्दै ८ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । ५ खेलमा एउटा मात्रै जितेको फारवेस्ट दुई अंकसहित तालिकाको पुछारमा रहेको छ ।

यो लिगका विजेताले ५५ लाख, उपविजेताले ३० लाख, तृतीयले १० लाख र चौथो हुनेले ५ लाख नगद पुरस्का पाउने भएका छन् ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #काठमाडौं नाइट्स, #टी-२० लिग, #पोखरा एभेञ्जर्स


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545