Techie IT
शनिबार, वैशाख ६,२०८२

राजनीतिमा फउल खेले रेड कार्ड देखाएर आउट गर्नुपर्छ : केपी ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालै मन्त्रिपरिषदले पूर्णता नपाउने संकेत गरेका छन् । मदन भण्डारी स्पोर्टस एकेडेमीको १४ औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले खेलकुदमन्त्री नै छैन । खेलकुदमन्त्री आउँदा अझै १०र१५ दिन लाग्न सक्छ । खेलकुद मन्त्री आएपछि म भन्छु खेलाडीहरुको सरकारले हेरोस् ।’

खेलकुद क्षेत्रको विकासका लागि आफूले सरकारसमक्ष माग गरेर पहल गर्ने बताए । उनले खेलकुददेखि राजनीतिसम्म कहीँ पनि फल खेल्ने नहुने बताए ।

पाँचदलीय गठबन्धन भत्काएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएको प्रसंगलाई उनले संकेत गर्दै भने, ‘राजनीतिमा पनि फउल खेल्न हुँदैन । एल्लो कार्ड, कहिलेकाहीँ त रेड कार्ड नै दिएर आउट गर्नुपर्छ । सफलताका लागि फल नगरी खेल्नुपर्छ ।’

ओलीको प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्ने निर्णयले प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस संघदेखि प्रदेशसम्म सत्ताबाहिर पुगेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545