Techie IT
मंगलबार, वैशाख ९,२०८२

म सरकारमा जान्नँ, पार्टी बलियो बनाउन लाग्छु : वर्षमान पुन


काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ सरकारमा सहभागी नहुने भएका छन् ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका नेता पुनले युवा नेताहरुसँगको छलफलमा आफू सरकारमा सहभागी नुहने बताएका हुन् ।

उनले अहिले आफ्नो सम्पूर्ण ध्यान पार्टीलाई बलियो बनाउने रहेको बताए । ‘अहिले मन्त्री बन्ने बेला होइन । म सरकारमा जान्नँ । त्यसैले मेरो सम्पूर्ण ध्यान पार्टी बलियो बनाउने र यसलाई पुनर्जीवित गर्ने हो,’ उनले भने ।


क्याटेगोरी : समाचार
ट्याग : #वर्षमान पुन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:30 am6:33 pm +0545