Techie IT
आईतबार, वैशाख ७,२०८२

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छिट्टै सुरू गर्ने प्रधानमन्त्रीको घोषणा


पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने घोषणा गरेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन गर्दै उनले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरू गरिने घोषणा गरेका हुन् ।

‘मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा आजदेखि पोखरामा विमानस्थल सञ्चालनमा आएको छ,’ उनले भने, ‘यो विमानस्थल सञ्चालनमा आएसँगै पोखरासँग अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध स्थापित भएको छ ।’


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, #पुष्पकमल दाहाल प्रचण्ड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545