Techie IT
बिहीबार, माघ ३,२०८१

बागमती प्रदेशसभाको पहिलो बैठक भोलि बस्ने


मकवानपुर । बागमती प्रदेशसभाको ११औँ अधिवेशन भोलि पुस १८ गते दिनको १ बजे बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयमा भोलि बिहान ८ बजे सर्वदलीय बैठक बसेर दिउँसोको प्रदेशसभा बैठकमा प्रस्तुत हुने कार्यसूची तयार गरिने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो ।

प्रदेशसभा सदस्यको लागि दोस्रो कार्यकालको ११औँ बैठक सुरु हुन लागेको हो ।

प्रदेशसभामा अहिले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा, नेमकिपा, हाम्रो नेपाली पार्टी समेत गरी एक सय १० जना प्रदेशसभाका सदस्य रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #बागमती प्रदेश


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Mostly Cloudy
6:54 am5:33 pm +0545