Techie IT
सोमबार, वैशाख ८,२०८२

फ्लाइ दुबई लाई उड्ने अनुमति दिएकोमा महाप्रबन्धक क्षेत्री अनुसन्धानमा तानिए


काठमाडौं । नेपाल वायुसेवा निगमलाई ४ मिनेट नदिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फ्लाई दुबईलाई भने नियमविपरीत  १७ मिनेट ढिला उडान अनुमति दिएको छ । मंगलबार राति साढे ८ बजे विमानस्थलमा अवतरण गरेको फ्लाई दुबई ९ बजे नै फर्किनु पर्ने थियो । तर उसले अन्तर्राष्ट्रिय नियमविपरीत विमानस्थल बन्द नोटाम अर्थात नोटिस टु एयरमेन (उड्डयनकर्तालाई सूचना) जारी गरेको समयमा जहाज उडाएको छ ।

 

चैत्र १८ देखि राति १० बजेपछि मर्मतका लागि विमानस्थल बन्द हुने गरको छ । यो समयमा उडान रोकिनु पर्ने भए पनि फ्लाई दुबईलाई नोटाम सुरु भएको समयमा उडान गर्न विमानस्थल कार्यालयको भनाइ छ ।

 

अघिल्लो मंगलबार भने निगमको जहाजले ४ मिनेट मात्र ढिलो हुँदा उडान रोकिनु परेको थियो । फ्लाई दुबईले ढिलो गर्दा पनि अनुमति पाएपछि यसको आलोचना भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #फ्लाइ दुबई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545