Techie IT
आईतबार, वैशाख ७,२०८२

प्रहरी मुख्यालय पुगेर गृहमन्त्रीले दिए चेतावनी- सरुवा बढुवाका लागि नेताको घर धाए कारबाही गर्छु


काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पहुँचको दुरुपयोग गर्दै व्यक्तिगत कामका लागि राजनीतिक दलका नेताहरुकोमा नधाउने प्रहरी प्रशासनलाई चेतावनी दिएका छन् ।

प्रहरी प्रधान कार्यालय नक्शालमा पुगेर गृहमन्त्री लामिछानेले सरुवा, बढुवा लगायतका लागि नेताका घरमा धाएमा कारबाही गर्ने चेतावनी दिएका हुन् ।

लामिछानेले सरुवा, बढुवा सबै कार्यविधिमा रहेर मात्रै हुने स्पष्ट पारेका छन् ।

‘सरुवा, बढुवा बाहिरबाट हुँदैन । सरुवा, बढुवाका लागि नेताका घरमा धाएको जानकारी पाए कारबाही गर्छु, गृहमन्त्री लामिछानेले भने ।

गलत काम गरेको जानकारीमा आए कसैको पनि कुरा नसुनी कारबाही गर्ने र राम्रो काम गर्ने प्रहरीलाई सम्मानित गरिने लामिछानेले बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #रवि लामिछाने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545