Techie IT
शनिबार, वैशाख ६,२०८२

कांग्रेस बागमती प्रदेशको संसदीय दलको निर्वाचन आज, नेताको लागि देउवा समूहका लामा र बाँनिया भिड्दै


पुस । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेताका लागि आज निर्वाचन हुने भएको छ ।

संसदीय दलको नेताको विषयमा सहमती नजुटेपछि आज निर्वाचन हुने भएको हो । नेताका लागि नुवाकोट-२ को २ बाट प्रदेशसभामा निर्वाचित बहादुर सिं लामा र मकवानपुर-२ को २ बाट निर्वाचित इन्द्रबहादुर बानियाँ चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

लामा पार्टीका केन्द्रीय सदस्य हुन् भने बानियाँ बागमती प्रदेश सभापति हुन् । लामा र बानियाँ दुबै पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् ।

मंगलबार हेटौंडामा लामा र बाँनिया दुबैले छुट्टाछुट्टै भेला गरेका थिए । ४ मंसिरमा भएको निर्वाचनमा बागमतीमा कांग्रेसले प्रत्यक्ष र समानुपातिकसहित गरेर ३७ सिट प्राप्त गरेको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समिति अनुसार उम्मेदवारको लागि दरखास्त आज बिहान ८ बजेदेखि १० बजेसम्मका लागि समय रहेको छ भने उम्मेदवारको दरखास्त उपर दाबी विरोध बिहान ११ बजेदेखि ११ः३० बजेसम्म रहेको छ ।

यसैगरी, उम्मेदवारले नाम फिर्ता लिने समय दिउँसो १२ः३० देखि १ बजेसम्म समय रहेको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो १ः४५ बजे हुनेछ  ।

बागमती प्रदेशसभाको प्रदेश संसदीय दलको कार्यालय हेटौंडामा हुने निर्वाचनको मदतान कार्यक्रम आजै २ बजेदेखि ३ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनमा कांग्रेसबाट निर्वाचित ३७ प्रदेशसभा सदस्यहरुले मतदान गर्न पाउनेछन् । समितिका अनुसार मतदान समाप्त भए पश्चात आजै मतगणना र मतपरिणामको घोषणा हुनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #\, #breaking, #कांग्रेस बागमती प्रदेश


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:33 am6:31 pm +0545