Techie IT
शुक्रबार, चैत्र २८,२०८१

माओवादीले शपथपछि मात्रै संसदीय दलको नेता चयन गर्ने


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभाका सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ । नवनिर्वाचित सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार गठनका बारेमा निर्णय लिइने सांसद एवं माओवादीका युवा नेता माधव सापकोटाले जानकारी दिनुभयो ।

शपथपछि संसदीय दलको बैठक बस्ने उहाँको भनाइ छ । माओवादीको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै चयन हुने उहाँको दाबी छ । “दलको नेतालाई लिएर हाम्रो पार्टीमा विवाद छैन, शपथ मात्र कुरिएको हो”, उहाँले भन्नुभयो, “संसदीय दलको नेता प्रचण्ड नै हो ।”

सङ्घीय संसद् सचिवालयले यही पुस ७ गते प्रतिनिधिसभाका सदस्यलाई शपथ ग्रहण गराउने तयारी गरेको छ । प्रतिनिधिसभामा माओवादीको १८ प्रत्यक्ष र १४ समानुपातिक गरी कूल ३२ सांसद छन् । केही दिनअघि बसेको माओवादीको केन्द्रीय पदाधिकारी बैठकले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउँदा सही हुने निष्कर्ष निकालेको थियो । रासस


क्याटेगोरी : समाचार
ट्याग : #नेकपा ( माओवादी केन्द्र


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:41 am6:27 pm +0545