Techie IT
शुक्रबार, चैत्र २८,२०८१

सभापति देउवालाई वरिष्ठ नेता पौडेलको समर्थन


काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले समर्थन गर्नुहुने भएको छ ।

दलको नेताको निर्वाचनका लागि उम्मेदवारी दिनुभएका सभापति देउवालाई समर्थन गर्ने नेता पाैडैलले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा सञ्चारकर्मीसँग कुराकानी गदै नेता पौडेलले भन्नुभयो, “अहिलेको परिस्थितिमा म सभापति देउवालाई समर्थन गर्छु, उहाँलाई निर्विरोध संसदीय दलको नेता बनाउनुपर्छ भन्ने मेरो धारणा हो ।”

कांग्रेस संसदीय दलको नेताका लागि सभापति देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने भएको छ । कांग्रेस संसदीय दलको उम्मेदवारी दरखास्त दिन आज दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।

कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ गते बुधबार हुँदैछ ।


क्याटेगोरी : समाचार
ट्याग : #रामचन्द्र पौडेल, #शेरबहादुर देउवा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:41 am6:27 pm +0545