Techie IT
आईतबार, वैशाख ७,२०८२

नेकपा एमालेले तोक्यो अखिल–युवा संघसहित ९ वटा जनसंगठनलाई महाधिवेशन गर्ने समयसीमा


काठमाडौं । नेकपा एमालेले महाधिवेशन सम्पन्न गर्न बाँकी रहेका ९ वटा जनसंगठनलाई चैत मसान्तसम्मको समयसीमा तोकेको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा आज बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकले चैत मसान्तसम्मको समयसीमा तोकेको हो ।

‘महाधिवेशन वा राष्ट्रिय सम्मेलन गर्न बाँकी रहेका जनबर्गीय संगठनहरुले आगामी चैत मसान्तभित्र अनिवार्य रुपमा सम्पन्न गर्ने बटमलाइन तोकिएको छ,’ बैठकको निर्णयबारे संयोजक तथा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले भन्नुभयो, ‘तोकिएको समयभित्र सम्मेलन वा महाधिवेशन नगर्ने जनसंगठनहरु त्यसपछि स्वतः निलम्बनमा पर्नेछन ।’

नेकपा एमालेको २३ वटा जनबर्गीय संगठनमध्ये हालसम्म १४ वटा जनसंगठनको मात्रै महाधिवेशन सम्पन्न भएको छ । अनेरास्वबियु, युवा संघ नेपाल, किसान महासंघ, अनेमसंघ, पेशागत महासंघ, आदीवासी जनजाती महासंघ, खेलकुद महासंघ, रिटर्नी फेडरेशन, नेपाल पिछडा बर्ग महासंघको महाधिवेशन हुन बाँकी रहेको छ ।

 

एमाले जनसंगठनमध्ये अनेमसंघको हालका राष्ट्रपति बिद्यादेवी भण्डारी अध्यक्ष निर्वाचित भएपछि अहिलेसम्म महाधिवेशन भएको छैन । यस्तै युवा संघमा महेश बस्नेत अध्यक्ष निर्वाचित भएपछि र अनेरास्वबियुमा नविना लामा अध्यक्ष निर्वाचित भएपछि महाधिवेशन सम्पन्न भएको छैन । एमालेमा लामो समयसम्म महाधिवेशन नगरी नेतृत्व मात्रै फेर्नेमा आदिवासी जनजाती महासंघ पर्दछ ।

ती ९ वटै जनसंगठनलाई जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गरी चैत मसान्तसम्म महाधिवेशन सम्पन्न गरिसक्नु पर्ने निर्णय बैठकले गरेको सहसंयोजक एवं एमाले केन्द्रीय सदस्य रचना खडकाले जानकारी दिनुभयो । बैठकले हरेक जनसंगठनले आफ्नो पदाधिकारी, सचिवालयको बैठक राखेर निर्वाचनको समिक्षासहितको प्रतिवेदन बुझाउन पनि निर्देशन दिएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545