लम्साल र अधिकारीको नेतृत्वमा नुवाकोटमा सुविधा सम्पन्न विद्यालय निर्माण

नुवाकोट । नुवाकोट तारकेश्वर गाँउपालिका– १ मा पुरानो दाङसिङस्थित दाङसिङ विद्यालय भवनको स्वीस प्रविधीबाट निर्माण गरि हस्तान्तरण गरिएको छ । बरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्साल र स्थानीय समाजसेवी शिव अधिकारी ‘अबिरल’को नेतृत्वमा निर्माण भएको उक्त ५ कोठे पक्की विद्यालय भवन निर्माण सकिएसँगै मंगलबार नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री रामशरण महतले उद्घाटन गरेका हुन् ।
यसका साथै विद्यालयलाई आधुनिक प्रविधीबाट सु–सज्जित गर्न तातोचिसो पानीको सुविधासहित सावर सिस्टम जडान गरिएको छ, जसमा ३ बाथरुम समेत रहेका छन् । विद्यालय निर्माण प्रक्रिया सकिएसँगै उद्घाटन तथा विद्यालय हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै डा. रामशरण महतले दाङसिङ विद्यालय भवन नुवाकोट जिल्लामै नमुनाका रुपमा निर्माण भएकाले अधिकारी र लम्सालले गरेका विकास निर्माणका कामबाट पाठ सिक्नुपर्ने बताए ।
उनले दाङसिङ जोड्ने बाटामा आफूले बजेट र नेतृत्व प्रदान गरेको र विकासमा क्रियाशिल रहेको बताए । महतले अधिकारी र लम्सालले विद्यालय र हेल्थपोष्ट निर्माण, महिला सशक्तिकरण, विद्यालय क्लबलगायत गरिब जेहन्दारलाई अधिकारी र लम्सालले सहयोग गरेको भन्दै राज्यको काम व्यक्तिले गरेकाले उनीहरुबाट पाठ सिक्नुपर्ने बताए ।
नेपाली कांग्रेसका युवा नेता तथा महासमिती सदस्य रमेश महतले एकल व्यक्तिको प्रयासमा तारकेश्वरमा एकपछि अर्को गर्दै चमत्कारी कामहरु अधिकारी र लम्सालले गरेकाले यसको खुलेर प्रशंसा गर्दै उनीँहरुलाई हौसला प्रदान गर्न आम तारकेश्वर बासी लाग्नुपर्ने बताए ।
बरिष्ठ पर्यटन व्यवसायी मोहन लम्सालले तारकेश्वरभित्र धेरै विद्यालय र स्वास्थ्य केन्द्र बनाउने अभियानमा आफू लागिरहेको र सबैले आफूलाई हौसला दिएकाले शिक्षाको ज्योतिबिना देशको विकास नहुने भएकाले सदैब क्रियाशिल हुने बताए । यस्तै अधिकारीले समन्नुत तारकेश्वरको आफ्नो योजना रहेकाले विकास निर्माणको काममा आफू लागिपरेको बताए ।
विद्यालय निर्माण, महिलाहरुको सशक्तिकरणका लागि सहयोग, बाटाघाटो निर्माण, हेल्थपोष्ट निर्माण, क्लबहरुलाई आर्थिक सहयोग, संस्कृतिको जर्गेना लगायतको कामलाई आफुले हरतरहले सहयोग गरेको भन्दै अधिकारीले बिकास निर्माणमा राजनीतिक रंग जोड्न नहुने र आफ्नो अहिलेको मुख्य एजेण्डा समुन्नत तारकेश्वरको सपना रहेको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #विद्यालय निर्माण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्