Techie IT
शुक्रबार, वैशाख ५,२०८२

कतार विश्वकप: गोल्डेन ग्लोभ मार्टिनेजलाई


विश्वकपका उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने गोल्डेन ग्लोभ अवार्ड अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले जित्नुभएको छ । ३० वर्षीय मार्टिनेजले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्नुभयो ।

उहाँले टाइब्रेकरमा फ्रान्सको प्रहार समेत बचाउनुभएको थियो । अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका निर्वाह गर्नुभएका मार्टिनेजले सबै खेल पूरा समय खेल्नुभएको थियो ।

उहाँले क्वार्टरफाइनलमा नेदरल्यान्ड्स र फाइनलमा फ्रान्सविरुद्धको दुवै टाइब्रेकरमा उत्कृष्ट खेल पस्कनुभयो । अर्जेन्टिनाले यसअघि कोपा अमेरिका कप जित्दा पनि मार्टिनेजले उत्कृष्ट गोलरक्षक हुनुभएको थियो ।

यसैगरी फिफा योङ प्लेयर अवार्ड अर्जेन्टिनाका इन्जो फर्नान्डेजले जित्नुभएको छ । यस अवार्ड २१ वर्षभन्दा मुनिमध्ये उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई दिइन्छ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #एमिलियानो मार्टिनेज, #गोल्डेन ग्लोभ अवार्ड, #विश्वकप


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Partly Cloudy
5:34 am6:31 pm +0545