Techie IT
बिहीबार, माघ ३,२०८१

सांसद बजगाईद्धारा ५६ वटा वडालाई स्टेचर सहयोग


गोरखा  । गोरखा क्षेत्र नं १ का प्रतिनिधिसभा सांसद नेपाली काँग्रेसका राजेन्द्र बजगाईले विरामी बोक्न प्रयोग हुने स्टेचर सहयोग गरेका छन् ।गोरखा सरदमुकाममा आइतबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापामगरलाई स्टेचर हस्तान्तरण गरेका हुन् ।

गोरखा क्षेत्र नं १ का अधिकांश भूगोल सडक सन्जालबाट बन्चित रहेको तथा दुर्गम क्षेत्रका विरामीलाई स्वास्थ्य संस्था सम्म सहज रुपमा बोकेर लैजानका लागि स्टेचर सहयोग गरिएको सांसद राजेन्द्र बजगाईले बताए ।

गोरखा क्षेत्र नं १ मा ५६ वटा वडा रहेका छन् । ति सबै वडालाई एक÷एक वटा पुग्ने गरी ५६ वटा स्टेचर हस्तान्तरण गरिएको हो ।

चुनाव जिते पछि विजयी उत्सवमा भोजभत्तेर नगरी जनताको सेवाका लागि पहिलो चरणमा स्टेचर वितरण गरिएको उनले जानकारी दिए ।

आगामी दिन जनताको आवश्यकता अनुसार स्वास्थ्य सामग्रीसँगसँगै अन्य सामग्रीहरु पनि उपलब्ध गराउदै जाने उनले प्रतिबद्धता जनाए । बजगाईले उत्तरी गोरखामा घाइते तथा विरामीहरुको हेलिकप्टरबाट उद्धारका लागि समन्वय गर्दै आएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापामगरले चुनाव जिते लगत्तै जनताको पिर मर्कालाई बुझी स्वास्थ्य सामग्री सहयोग गरेको प्रति धन्यवाद व्यक्त गरेका थिए । उक्त सामग्री जिसस मार्फत वडामा हस्तान्तरण हुने उनले जानकारी दिए ।दरौँदी दैनिक


क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #राजेन्द्र बजगाईँ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
16°
Haze
6:54 am5:32 pm +0545