Techie IT
सोमबार, वैशाख ८,२०८२

भुपाल बस्नेत बचाउ अभियानले पायो सफलता, बस्नेत नेपाल फर्किदै 


मोहन अधिकारी

नेपालको बराह क्षेत्र हाल बराह न.पा.२० सुनसरी घर भएका, गत ६ बर्ष पहिले साउदिको अल महमिद कम्पनीमा ट्रक चालकको रुपमा कार्यरत रहेका र डुट्यिको समयमा साइडमा पार्किङ गरि रोकिराखेको ट्रकमा पछाडीबाट आएको कार ठोक्किएर कार चालक साउदी नागरिकको घटनास्थलमै मृत्यु हुन पुग्दा ब्लड मनि ७५,३०० साउदी रियल अर्थात् २२ लाख ११ हजार रुपैयाँ तिर्न पर्ने हुँदा बिगत मे २०१६ ९३५ महिना० देखी बुरैदा अल कासिम जेल मा बन्दी जीवन बिताइरहेका भुपाल बस्नेत बचाउ अभियानले अन्ततः सफलता हासिल गर्दै बस्नेत गत चैत १८ २०७५ का दिन जेल मुक्त भएका र आज १२ बजे ९ अप्रिल २०१९ मंगलबार गल्फ एयरको फ्लाईट बाट नेपाल फर्किएका छन ।

गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिमको सकृय पहलमा उहाँको उद्धारका लागी ८०३१ साउदी रियल, गन्तव्य नेपाल उनैजाको पहलमा ७,००३ साउदी रियल र नेपाली प्रवासी समाज हाइलको पहलमा १०५१ साउदी रियल गरि जम्मा १६०८५ साउदी रियल ९ ४,९३,३०४ नेपाली रुपैयाँ ० जम्मा गरिएको र बाँकी अपुग रकमको लागि नेपालमा रहेको परोपकारी, सामाजिक संस्था प्रवासी नेपाली समन्वय समिती ९एल्ऋऋ० ले जिम्मेवारी लिएको थियो ।

प्रवासी नेपाली समन्वय समितिले बाँकी अपुग रकम विभिन्न संस्थाहरु सितको समन्वयमा कुमार राना उद्दार समिती बाट ११ लाख ३० हजार ९ सय ६३ रुपैयाँ, गैर आवासीय नेपाली संघ ९आइसिसि० कल्याणकारी कोषबाट २ लाख ३० हजार रुपैयाँ , प्रेम राई उद्दार बाट बचेको रकम बाट २ लाख रुपैयाँ , सुनसरी मोरङ समाज कतारबाट २ लाख २६ हजार रुपैयाँ , र बराह समाज सुनसरी बाट ११ हजार १ सय ११ रुपैयाँ संकलन गरिएको कुरा जिम्मेवार संस्था एल्ऋऋ का अध्यक्ष कुल प्रसाद कार्कीले बताउनु भयो ।

आवास्यक तिर्नुपर्ने रकम संकलन भए पछी नेपाली दूतावास रियाद साउदी अरबको सकृय भुमिकामा संकलित रकम गत १ अप्रिल २०१८ का दिन अल कासिम कोर्टमा बुझाइएको र रकम बुझाएपछि उहाँको रिहाई भएको थियो ।

उहाँको रिहाई लगत्तै फाइनल एक्जिट भिसा लगाए पनि समयमै टिकट नपाइएकोले ५ दिन सम्म खान बस्न का लागि पनि यसै आर सि सि अल कासिमका सकृय समाजसेवी उपाध्यक्ष कृष्ण अधिकारी को कोठामा ब्यबस्था गरि केही जोर कपडाका साथमा एक तर्फी टिकट उपलब्ध गराउदै गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिम समितिले भेटघाट गरि उहाँको रिहाइमा खुशी व्यक्त गर्दै बधाई तथा सुखद भबिस्यको शुभकामना दिइएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #भुपाल बस्नेत बचाउ अभियान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545