सत्ताका लागि अवाञ्छित गतिबिधि गर्दैनौं: गोकर्ण बिष्ट

बुटवल । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले सरकारमा जाने कुरा एमालेको प्राथमिकताको विषय नभएको प्रष्ट पार्नुभएको छ । बुटवलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै सचिव बिष्टले एमालेका लागि सरकार नभई जनताको सेवा प्राथमिकतामा रहेको बताउनु भयो ।
‘सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकताको विषय होइन तर, सरकार गठनको प्रक्रियाबाट भने एमाले भाग्दैन,’ सचिव बिष्टले भन्नुभयो, ‘लोकतन्त्रको मर्यादा र भूमिकालाई कायम राख्दै संसदीय अभ्यासलाई सम्मान गर्छौं तर, त्यो भन्दैमा सबै प्रक्रियाबाट टाढा हुँदैनौं। जनताको भावनालाई शिरमा राखेर काम गर्छौं ।’
सचिव बिष्टले वाम पार्टीको नामबाट राष्ट्रियता, स्वतन्त्रता स्वाधिनताको अपमान गर्ने, समृद्धिको हितविपरीत लाग्ने तथा दक्षिणपन्थीसँग गठबन्धन गर्नेहरूसँग गठबन्धन गरेर सरकार बनाउन आफूहरू नलाग्ने बताउनु भयो ।
‘हामी लोकतन्त्रको मूल्य र मान्यतालाई केन्द्र भागमा राखेर सरकार निर्माणमा लाग्ने छौं,’ सचिव बिष्टले भन्नुभयो । उहाँले बिष्टले एमालेलाई दिएको जनमत प्रतिपक्षमा बस्नको लागि भएकाले सत्तामा बस्नका लागि अवाञ्छित गतिविधि नगर्ने पनि प्रष्ट पार्नुभयो ।
बिष्टले भन्नुभयो, ‘सरकार निर्माणका लागि एमालेलाई हतारो छैन ।’ उहाँले यसपटकको निर्वाचनले वाम आन्दोलन, राष्ट्र र जनताको हितको लागि महत्वपूर्ण सन्देश दिएको उल्लेख गर्दै एमालेले जनताको त्यो म्यान्डेटलाई शिरमा राखेर काम गर्ने अडान दोहोर्याउनु भयो । एमालेको भूमिका कमजोर बनाउन चौतर्फी घेराबन्दी गरिए पनि जनताले एमालेलाई समानुपातिकमा पहिलो पार्टीको रूपमा अनुमोदन गरेर जवाफ दिएको उहाँको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गोकर्ण बिष्ट
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्