Techie IT
शुक्रबार, वैशाख ५,२०८२

विश्वकप फुटबल: तेस्रो स्थानका लागि क्रोएसिया र मोरोक्को खेल्दै


काठमाडौँ ।कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत तेस्रो स्थानका लागि भोलि क्रोएसिया र मोरक्को प्रतिस्पर्धा गर्ने भएका छन् ।

सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० गोलले पराजित भएको क्रोएसिया र फ्रान्ससँग २–० ले पराजित भएको मोरक्को तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न लागेका हुन ।

खेल कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा भोलि राती पौने ९ बजे सुरु हुने छ ।

२१ औँ विश्वकपको उपविजेता क्रोएसिया यस पटक भने अर्जेन्टिनासँग पराजित भयो ।

मोरक्को भने पहिलो पटक विश्वकप फुटबलमा दक्षिण अफ्रिकी राष्ट्रबाट सेमिफाइनल पुग्न सफल भयो ।

आइतबार हुने फाइनलमा साविक विजेता फ्रान्सले अर्जेन्टिनाको सामना गर्ने छ ।

यस्तै फिफा विश्वकप अन्तर्गत अर्जेन्टिना र फ्रान्सबीच आइतबार हुने फाइनल खेल पोल्यान्डका रेफ्री सिमोन मार्सिनियाकले खेलाउने भएका छन् ।

मार्सिनियाकलाई पोल्यान्डकै पावेल सोकोलिनच्की र टोमास्ज लिस्त्कीविच्जले सहायक रेफ्रीको भूमिकामा साथ दिने भएका छन् ।

यस्तै भोलि क्रोएसिया र मोरक्कोबीच हुने तेस्रो स्थानको खेलका लागि कतारका अब्दुल रहमान अल जसिम मुख्य रेफ्री रहनेछन् ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #hot, #विश्वकप फुटबल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mist
5:34 am6:31 pm +0545