Techie IT
शनिबार, वैशाख ६,२०८२

गठबन्धन नेतृत्वको सरकारमा लोसपा सहभागी हुने


काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुने भएको छ ।

लोसपा शीर्ष नेताको बैठकले सो निर्णय गरेको हो । सत्ता गठबन्धनमा चुनावी तालेमले गरेको कारण नयाँ बन्ने सरकारलाई लोसपाको समर्थन रहने र सरकारमा पनि सहभागी हुने सो पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी पनि गठबन्धनको एक पार्ट हौं, त्यसले सरकारलाई समर्थन मात्र होइन, त्यसमा सहभागी नै हुने हो । अब बस्ने कार्यकारिणी समितिको बैठकले त्यसको आधिकारिक निर्णय गर्छौं ।’

पार्टीका अर्का वरिष्ठ नेता राजेन्द्र महतो उपत्यका बाहिर रहेको कारणले पनि कार्यकारिणी समितिको बैठकमा ढिलाइ भइरहेको छ । सर्लाही २ बाट चुनावमा परिजाति भएका नेता महतोले मतदातालाई धन्यवाद दिनका आफ्नो क्षेत्र पुगेका छन् ।

लोसपाले प्रतिनिधि सभामा ४ वटा सिट जितेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #लोकतान्त्रिक समाजवादी पार्टी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545