Techie IT
शनिबार, वैशाख ६,२०८२

रेशम चौधरी छुटाउन खोजिएको भन्दै अनेरास्ववियुको विरोध प्रदर्शन


काठमाडौँ ।  सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलगायतलाई उन्मुक्ति दिन अध्यादेश ल्याएको भन्दै एमालेनिकट अनेरास्ववियुका विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।

सरकारले फौजदारी मुद्दाको सजाय भोगिरहेका रेशम चौधरी,मोहमद आलम लगायतलाई उन्मुक्ति दिने गरी अध्यादेश ल्याएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरुले राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरण गर्न बन्द गर्नुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा मागेका छन् । सरकारले रेशम चौधरी लगायतका फौजदारी अभियोगको सजाय पाएका अभियुक्तहरुलाई रिहा गर्न अध्यादेश राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष पेश गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##एमाले, #hot, #अनेरास्ववियु, #रेशम चौधरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545