सुनसरी काँग्रेसमा मनोनीत जिल्ला सदस्यहरू बर्खास्त

सुनसरी । नेपाली काँग्रेस जिल्ला समिति सुनसरीले मनोनीत जिल्ला सदस्य तथा विभाग प्रमुखहरूलाई बर्खास्त गरेको छ ।
मङ्सिर २५ गते बसेको जिल्ला समितिको बैठकले यसअघि मनोनयनमा परेका जिल्ला सदस्य तथा विभाग प्रमुखहरूलाई हटाउने निर्णय गरेको हो ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचन पूर्व जिल्ला सभापति केदार भण्डारीले सदस्य तथा विभाग प्रमुखहरू मनोनीत गरेका थिए । पार्टीलाई चलायमान बनाउन जिम्मेवारीविहीन भएका कार्यकर्तालाई मनोनीत गरेको उनले बताएका थिए । पार्टीको विधानको परिच्छेद ३ को १२ (५) (ख) २ र (७) (ज) को अधिकार अनुसार जिल्ला सदस्य, विभाग प्रमुख र संयोजकको पद विघटन गरिएको भण्डारीले जनाएका छन् ।
त्यस्तै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अन्तर्घात गर्ने र गठबन्धनका उम्मेदवारलाई पराजित गराउन भूमिका खेल्ने नेता कार्यकर्तालाई कारबाहीको सिफारिस गर्ने निर्देशन दिएको छ ।
सचिव वीरेन्द्र कुमार शाह र माधव घिसिङले हस्ताक्षर गरेको पत्रमा पुस ३ गतेभित्र वडा समितिले र ५ गते पालिका, ७ गते प्रदेशसभा क्षेत्रीय समिति र १० गते क्षेत्रीय समितिको बैठक बसी १२ गतेभित्र जिल्ला समितिमा बुझाउनुपर्ने बताइएको छ ।
१४ औँ महाधिवेशनमा गठन हुन बाँकी महासमितिको निर्वाचन पुस मसान्तभित्र सम्पन्न गर्न समेत पत्राचार गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस, #सुनसरी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्