Techie IT
शनिबार, वैशाख ६,२०८२

अध्यक्ष ओली र कांग्रेस नेता केसीबिच बालकोटमा भेटवार्ता


भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीबिच ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।

हिजो साँझ उहाँहरुबीच भेटवार्ता भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

दुई नेताबिचको भेटका क्रममा समसामयिक राजनीतिक घटनाक्रम र नयाँ सरकार गठनबारे करिब २ घण्टा छलफल भएको बताइएको छ ।

छलफलमा नयाँ सरकार गठनका सम्भावना र राजनीतिक समीकरण तथा अर्थतन्त्र सुधारका लागि दलहरूबिचको एकताबद्ध पहल र जनजीविकाको सवाल लगायतका विषयमा छलफल भएको कांग्रेस नेता केसीले जानकारी दिनुभयो ।

नयाँ सरकार गठनको कसरत भइरहेका बेला अध्यक्ष ओली र नेता केसीबिच भेटवार्ता भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #अर्जुन नरसिंह केसी, #केपी शर्मा ओली, #नेकपा एमाले, #नेपाली कांग्रेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545