Techie IT
आईतबार, वैशाख ७,२०८२

मोटरसाइकल चोरहरुको जालो तोड्दै एसपी नवराज : पाँच जना पक्राउ


चितवन । चितवनमा चोरीको मोटरसाईकलसहित पाँच जना गिरोहलाई प्रहरीले (सोमबार) सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्लाको विभिन्न स्थानहरूबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाइ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका वडा नंम्बर १६ वस्ने १८ बर्षीया होम कुमार गुरुङ, सोही ठाउँ बस्ने ३७ बर्षीया सुनिल मगर, नवलपरासी (सुस्ता पूर्व) बुलिङटार गाउँपालिका वर्डा नम्बर ५ घर भई हाल कावासोती नगरपालिका वर्डा नम्बर २ मा डेरा गरी बस्ने २४ बर्षीया यम कुमार थापा मगर, कावासोती नगरपालिका वडा नंम्बर ४ वस्ने २७ बर्षीया यम बहादुर सारु मगर र गैंडाकोट नगरपालिका वडा नंम्बर ११ वस्ने २६ बर्षीया लाल कुमार आले रहेका छन् ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले ना.५१.प ५८१७ नम्बरको सेतो रङको एन.एस मोटरसाइकल, प्रदेश नम्बर ०३-०३-००१ प ७३०२ नंम्बरको रातो/कालो २२० सिसिको पल्सर मोटरसाइकल, प्रदेश नम्बर २-०३-००१ प ५८६४ को सेतो कलरको डुक कम्पनीको मोटरसाइकल, प्रदेश नम्बर ३- ०२- ००८ प ०३९८ नंम्बरको रातो कलरको एनएस मोटरसाइकल, लु ४४ प ७७४२ नंम्बरको निलो कलरको २२० सिसी पल्सर मोटरसाइकल र लक तोड्ने औजार एक थान समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार जिल्लाको विभिन्न स्थानहरूबाट  मोटरसाइकल चोरी हुने गरेको गुनासोको आधारमा सादा पोशाकका प्रहरीलाई निगरानीमा खटाइएको थियो । निगरानीमा खटिएको प्रहरीले हिजो (आइतबार) साँझ पौने आठ बजे गिरोहमध्य सुरुमा सुनिल मगर र होम कुमार गुरुङलाई प्रहरीले नियन्त्रणमा लिइएको थियो ।

भरतपुर महानगरपालिका २ स्थितमा ना.५१.प. ५८१७ नम्बर प्लेट भएको सेतो रङको एन.एस. मोटरसाईकल चलाउदै आएका सुनिल र पछाडी सवार गुरूङले पार्किङ गरी राखिएको प्रदेश नम्बर ०३-०३-००१ प ७३०२ नंम्बरको रातो/कालो २२० सिसिको पल्सर मोटरसाइकललाई लक तोड्ने औजारले लक फोडी चोरी गर्न लागेको अवस्थामा लक फोड्ने औजार सहित नियन्त्रणमा लिइ सोधपुछ गर्दा अन्य ब्यक्तिको समेत संलग्नता देखिन आएको उनलेे बताए । उनीहरुकै बयानका आधारमा प्रहरीले थप तीन जनालाई पुल्चोकबाट नियन्त्रणमा लिईएको थियो । उनीहरुलाई पक्राउ गरेपछि प्रहरीले बिभिन्न ठाउँबाट विभिन्न मितिमा चोरी गरी लुकाई छिपाई राखिएको अवस्थामा थप मोटरसाईकल बरामद गरिएको जनाएको छ । पक्राउ परेकाहरु उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको समेत जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545