इच्छाकामना न्यूजद्वारा पत्रकार भीमलाल श्रेष्ठसहित छ जना सम्मानित

गोरखा । इच्छाकामना न्यूज डटकमको पाचौँ वार्षिकोत्सव शनिवार सम्पन्न भएको छ । स्मारिका बिमोचन एवं सम्मान कार्यक्रमसहित कुरिनटारस्थित सिद्धार्थ रिसोर्टमा वार्षिकोत्सव मनाइएको कार्यकारी सम्पादक चित्र गुरुङले बताए ।
इच्छाकामना न्यूज डटकमका सम्पादक देवराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि चितवनका प्रदेश सांसद कृष्ण प्रसाद सिलवाल, चितवन जिल्ला समन्वय समिति प्रमुख नारायण प्रसाद अधिकारी, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमल्सिना, शहीदलखन गाउँपालिका अध्यक्ष रमेश थापा लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा बिभिन्न क्षेत्रमा योगदान गरेका ब्यक्तिहरुलाई सम्मान गरिएको छ । पत्रकार महासंघ गोरखाका पूर्वअध्यक्ष एवं कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता भीमलाल श्रेष्ठलाई वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको थियो । यस्तै शहीदलखन गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत एवं प्रथम शहीद लखन थापाबारे खोज अनुसन्धानमा लागि परेका अध्येता जीवन आले मगरलाई पनि सम्मान गरिएको थियो ।
निमुखा जनताको कविको रुपमा चिनिएका आँबुखैरेनीका अनिल श्रेष्ठ, तेक्वान्दो खेलाडी इच्छाकामना गाउँपालिकाकी सुप्रिका गुरुङ, अल्पसंख्यक चेपाङ समुदायबाट पहिलो इन्जिनियर मनिष चेपाङ, ग्रामिण पत्रकारिताका एक हस्तीको रुपमा चिनिएका इच्छाकामनाका रोहिणीप्रसाद त्रिपाठी लगायतलाई सम्मान गरिएको कार्यकारी सम्पादक गुरुङले बताए ।
सोही अवसरमा इच्छाकामना न्यूज डटकमले तयार गरेको स्मारिका प्रकाशन समेत गरिएको थियो । स्मारिकामा बिभिन्न ब्यक्तित्वहरुको जिवनी, लेख रचना समेटिएको छ । जनप्रतिनिधि, नागरिक समाज, पत्रकार लगायतको कार्यक्रममा उपस्थिती थियो ।दरौँदी दैनिक
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #भीमलाल श्रेष्ठ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्