विवादीत पूर्वसिडिओ , ससुरालीको जग्गा १० बर्षदेखि कब्जा

काठमाडौं, २४ । सरकारी सेवामा रहँदा पनि विवादीत बनेका पूर्व प्रमूख जिल्ला अधिकारी (सिडिओ) प्रेमबहादुर खापुङले परिवारमाथि नै आर्थिक ज्यादती गरेको प्रमाण फेला परेका छन् ।
मालपोत कार्यालय डिल्लिबजारको प्रमूख हुँदा युएन पार्ककको सार्वजनिक जग्गा व्यक्तिका नाममा पास गराएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानको दायरामा समेत आएका खापुङले काठमाडौं–१६ मा रहेको ससुरालीतर्फ जेठानी पर्ने शिवरूपा लिम्बुनीको नाममा रहेको एक रोपनी १० आना जग्गा कब्जा गरेर बसेका छन् ।
परिवारले पटक–पटक उक्त जग्गा उपभोग गर्नका लागि लिन खोज्दा खापुङले फिर्ता दिनुको साटो अनुमति बिना नै पर्खाल लगाएका छन् । उक्त विषयको उजुरी जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौैं महानगरपालिका वडा कार्यालय १६ मा पनि परेको छ ।
उक्त जग्गा उपभोग गर्न नदिएपछि जिप्रका काठमाडौंमा शिवरूपा र परिवारका अन्य सदस्यले ९१९९ नम्बरमा ‘शान्ति सुरक्षा पाउँ’ भनी गएको २३ फागुनमा उजुरी दर्ता गराएका थिए ।

खापुङले जबरजस्ती कब्जामा राखेको जग्गाको विवरण र जग्गाधनीको धनीपूर्जा ।
शिवरुपाका पति स्व. ललितबहादुर लिम्बुले पत्नी र आफ्ना तीन छोराका लागि भनेर ०४७ सालमा लिएको जग्गा खापुङले रेखदेख गर्दै आएका थिए । तर, १० बर्षदेखि भने कब्जा नै जमाएर फिर्ता दिएका छैनन् ।
‘कहिले मिल्ने र कहिले के भनेर हामीलाई झुक्याउने काम भएको छ, जग्गा भोगचलन गर्न दिने विषयमा अवरोध मात्र गरिरहेका छन्’, उनका भदाहरू धीरेन्द्र र प्रकाशले भने,‘बुवाले हाम्रा परिवारका लागि खरिद गरिएको उक्त जग्गाको उपभोगका लागि आमासमेतले दुख पाउनुभयो ।’

खापुङविरुद्ध पीडित परिवारले जिल्ला प्रशासन कार्यालयमा दिएको ‘शान्ति सुरक्षा पाऊँ’बारेको उजुरी
किराँत याक्थुम चुम्लुङ काठमाडौंको कोषाध्यक्ष समेत रहेका खापुङले पूर्वप्रशासक भएको बलमा आफ्नै ससुरालीको जग्गा हडप्ने योजना बनाएका हुन् । उनको ज्यादतीका कारण पीडित परिवारले जग्गा भोगचलन गर्न पाएका छैनन् ।
उक्त परिवारले जग्गाका सबै कागजातसहित नापसमेत गरी उपभोगको तयारी गर्दा खापुङले जग्गामा अवरोध गरेका हुन् । काठमाडौं जिल्लाको कित्ता नम्बर ८१, ३६ र १११ नम्बरको उक्त जग्गामा खापुङको प्रशासनिक सनकको दादागिरी चलाइएको छ ।
पीडित परिवारले कानुनसम्मत आफ्नो सम्पत्ती लिन खोज्दा प्रशासनिक निकायले सहजताका साथ काम अघि बढाएको छैन । त्यसमा पूर्वसिडिओ खापुङ नै बाधक बनिरहेका छन् ।
खापुङ काठमाडौंमा रहेको गोरखा फाइनाइन्सका अध्यक्ष समेत हुन् । परिवारकै जग्गा हडपेर फिर्ता नदिने खापुङ अध्यक्ष रहेको फाइनाइन्सको ऋण सम्बन्धी कारोबारमा पनि कतिसम्म अन्याय हुनसक्ला, विचरणीय छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #विवादीत पूर्वसिडिओ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्