Techie IT
शनिबार, वैशाख ६,२०८२

डडेल्धुरामा लागु औषध (चरेश) सहित एकजना पक्राउ


डडेल्धुरा  । डडेल्धुराको बागबजार नजिकै लागु औषध (चरेश) सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको अमरगढी नगरपालिका–१ ढुनढुनेका ५८ वर्षीय बिरबहादुर ऐर रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले बताएको छ ।  शनिबार बेलुकी अमरगढी नगरपालिका–१ ढुनढुनेस्थित कैलपाल किराना तथा चिया पसलमा लागु औषध (चरेश) रहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पसल तथा घर खानतलासी गर्दा उक्त पदार्थ फेला परेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरिक्षक भट्टका अनुसार ऐरलाई हिरासतमा राखिएको छ भने आज (आइतबार) जिल्ला अदालत डडेल्धुरामा पेश गरिने छ । उनको साथबाट लागु औषध (चरेश जस्तो देखिने कालो पदार्थ) ६.५४० किलोग्राम बरामद गरिएको छ ।

लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम १ वर्ष देखि ३ वर्षसम्म कैद सजाय र ५ हजार देखि २५ हजार सम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #पक्राउ, #रेश सहित एकजना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545