Techie IT
आईतबार, वैशाख ७,२०८२

सुन चाँदीको मूल्य स्थिर


काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा स्थिर रही प्रतितोला रु ९९ हजार तीन सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार आठ सय छ ।

यस्तो सुन अघिल्लो दिन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी समेत अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही रु एक हजार तीन सय ५० तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #सुन चाँदीको मूल्य स्थिर, #सुनचाँदी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545