Techie IT
आईतबार, वैशाख ७,२०८२

ट्राफिक प्रहरी सहायक हवल्दारको मोटरसाइकल दुर्घटनामा मृत्यु


बारा । बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा कार्यरत ट्राफिक प्रहरी सहायक हवल्दारको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको बिन्दाबासनी गाउँपालिका निवासी शशीकान्त चौरसिया रहनुभएको छ । चौरसिया मङ्सिर १० गते मोटरसाइकल दुर्घटनामा पर्नुभएको थियो । कार्यालयबाट वीरगन्जतर्फ जाने क्रममा चौरसियाले चलाएको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

गम्भीर घाइते चौरसियाको महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #ट्राफिक प्रहरी सहायक हवल्दारको मोटरसाइकल दुर्घटनामा मृत्यु, #दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545