Techie IT
शुक्रबार, वैशाख ५,२०८२

विश्वकप फुटबल: यी हुन अन्तिम आठमा पुग्ने टोली


काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको मंगलबार राति पोर्चुगल र स्विट्जरल्यान्डबीचको अन्तिम प्रि-क्वाटरफाइनल खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो ।

कतार विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगलले अन्तिम आठमा स्थान बनाएका छन् ।

अब पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै तेस्रो क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्ड तथा अन्तिम क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking, #अर्जेन्टिना, #इंग्ल्यान्ड, #क्रोएसिया, #नेदरल्यान्ड्स, #पोर्चुगल, #फ्रान्स, #ब्राजिल, #मोरक्को, #विश्वकप फुटबल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mist
5:34 am6:31 pm +0545