दलको नेतामा सघाउन शशांकलाई देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व महामन्त्री समेत रहेका नेता शशांक कोइरालाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यी दुई नेतावीच आज (मंगलबार) बिहान भेटवार्ता भएको हो ।
दुवैं नेता कांग्रेसको संसदीय दलको नेता बन्दै प्रधानमन्त्री बन्ने दाउमा छन् । कांग्रेसमा सभापति देउवासहित डा शशाक, महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह लगायतका आधा दर्जन नेता संसदीय दलको नेता बन्दै प्रधानमन्त्री बन्ने दौडमा छन् ।
यो दौडमा पनि मुख्यगरी प्रधानमन्त्री देउवा र कांग्रेसका युवा महामन्त्री गगन सवैभन्दा अगाडी छन् । गगनले संसदीय दलको चुनावको तयारी थालिसकेको सार्वजनिक घोषणा नै गरिसकेका छन् । रामचन्द्र पौडेल पनि आफु अनुकुल बनाउन दौडधुपमा लागेका छन् ।
चुनावी परिणाम अगाडी प्रधानमन्त्री आफु पनि रहेको बताएका डा शशांक र सभापति देउवासग गत महाधिवेशनमा प्रतिस्पर्धा गरेका अर्का धारका नेता शेखर कोइरालाले चुनावी परिणामपछि यस विषयमा मुख खोलेका छैनन । उनीहरुले यस बारेमा मौनता साधिरहेका छन् ।
गगनले शेखरले आफुलाई सहयोग गर्ने बताइरहेपनि शेखरले सभापति लगायत नेताहरुसँग छलफल र सल्लाहपछि मात्र आफुले बोल्ने बताएका छन् ।
प्रधानमन्त्री देउवा डडेलधुरा र डा शशांक कोइराला बर्दघाट (नवलपुर १) बाट चुनाव जितेर आएका हुन् ।
भेटमा देउवा र कोइरालाले एक अर्कालाई बधाई ज्ञापन गरेका थिए भने चुनावी परिणाम र सरकार गठनका विषयमा छोटो कुराकानी समेत गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #शशांक कोइराला, #शेरबहादुर देउवा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्