Techie IT
शनिबार, वैशाख ६,२०८२

सन्दीप लामिछानेविरुद्व किशोरीले दिइन कडा बयान


काठमाडौं । बलात्कार आरोपमा पूर्पक्षका लागि कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्व किशोरीले झनै कडा बयान दिएकी छिन् ।

अदालतमा बकपत्र दिने क्रममा किशोरीले यसअघि प्रहरी र सरकारी वकिललाई दिएको बयान भन्दा पनि कडा बकपत्र दिएकी हुन् । योसँगै किशोरीले बयान फेर्न सक्ने आश गरिएकोमा त्यो पनि समाप्त भएको बताइएको छ ।

उनले लेखेर घोकाइएको झैँ खरर बकपत्र दिएकी थिइन् । जसबाट उनलाई घोकाइएको हो कि भन्ने आशंका बढेको पनि स्रोत बताउँछ । उनले अदालतमा दिएको बकपत्रमा जाहेरी दिँदा उल्लेख गरेका कतिपय कुरासँग भने बाझिएको बताइएको छ ।

किशोरी अहिले माइती नेपालको संरक्षणमा रहेकी छिन् । उनलाई माइती नेपालले बन्धक शैलीमा राखेकोसमेत बताइएको छ ।

किशोरी माइती नेपालबाट बाहिर निस्कन खोजेपनि उनलाई निस्कन नदिइएको स्रोतले जानकारी दिएको छ । यतिसम्म कि उनलाई कसैसँग भेटसम्म गर्न दिइएको छैन ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #सन्दीप लामिछाने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545