Techie IT
आईतबार, वैशाख ७,२०८२

चितवनमा अनियन्त्रित भई ट्रिपर पल्टँदा चालकको मृत्यु


चितवन । चितवनमा अनियन्त्रित भई ट्रिपर पल्टँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङ बेनिघाट रोराङ्ग गाउँपालिका वडा नम्बर १० बस्ने बर्ष ४२ को सन्त बहादुर राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान पौने ७ बजे ईच्छाकामना गाउँपालिका वडा नम्बर ५ स्थित तीन नम्बर पुल नजिक मुग्लिनबाट नारायणगढ तर्फ जाँदै गरेको बा २ ख ७४६२ ट्रिपर आंँफै अनियन्त्रित भई रोड देखि २० मिटर तल  तुइन खोलामा खस्न जाँदा राईको घटनास्थलमै मृत्यु भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545