उत्कृष्ट गन्तब्यको रुपमा उदाउदै मणिमुकुन्द सेन उद्यान

ऋषिराज भुषाल बुटवल । करिब ६ सय वर्ष पुरानो मानव बसोबासको इतिहास बोकेको नेपालको मध्य भागमा अस्थित बुटवल पश्चिम नेपालको शक्तिशाली सेन वंशीय राजाको शक्तिशाली राज्य मात्र नभएर कहिल्यै सुर्य नअस्ताउने विशाल अङ्ग्रेज सेनालाई पटक पटक परास्त गरेको भूमि पनि हो ।
बुटवल उपमहानगरपालिका वडा नं. २ मा रहेको मणिमुकुन्दसेन उद्यान जनजिब्रोमा फुलबारीको नामले परिचित छ। विद्यार्थी, सोधकर्ता, जिज्ञासु तथा आम सर्वसाधारणका लागि एतिहासिक, पुरातात्विक, धार्मिक र सामरीक महत्व बोकेको यस स्थल हालका दिनहरुमा आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख पर्यटकीय गन्तब्य स्थलको रुपमा स्थापित हुदै गईरहेको छ। यस उद्यान १६ बिगाहा क्षेत्रफलमा फैलिएको छ भने आगामी दिनमा ३० बिगाहा क्षेत्रफलमा बिस्तर गर्ने योजनाका साथ अघि बढिरहेको छ ।
ऐतिहासिक महत्वः
तत्कालिन् शक्तिशाली पाल्पा राज्य राजा रुद्रसेनका जेष्ठ सुपुत्र मणिमुकुन्दसेनको जन्म बि.सं. १५५३ मा भएको एतिहासिक दस्तावेजमा उल्लेख भएको पाइन्छ। उनी बि.सं. १५७५ मा पाल्पा राज्यका राजा भई स–साना राज्यहरुलाई एकिकरण गरि पाल्पा राज्यमा समावेश गरेका थिए। उनैको नामबाट यसको नाम मणिमुकुन्दसेन उद्यान रहन गएको हो। नेपाल अङ्ग्रेज युद्धको समयमा यस दरबार बृटिस सेनाको गोला बारुद्ध द्वारा ध्वस्त पारियो। हाल दरबारका भग्नावषेश लाई संरक्षण गरि राखिएको छ । मुकुन्दसेन उद्यान भन्दा केही माथि रहेको नुवाकोट गढीबाट जितगढी किल्ला सम्म सुरुङ्गमार्ग रहेको र तत्कालिन् अङ्ग्रेज शासकहरुलाई परास्त गर्न कर्णेल उजिर सिंहको नेतृत्वको नेपाली फौजले यस सुरुङ्गमार्गको प्रयोग गरेको तथ्य एतिहासिक दस्तावेजमा उल्लेख छ।
धार्मिक महत्वः
उद्यान परिसरमा मणिमुकुन्दसेनकै पालामा निर्मित शिव मन्दिर रहेको छ। हाल उक्त मन्दिर क्षेत्र रहेको छ। हाल उक्त मन्दिर क्षेत्र पुर्ननिर्माण कार्य अघि बढाइएको छ । त्यसैगरि मुकुन्दसेनको दरबार भग्नावशेष नजिकै विष्णु पादुका रहेको छ। यस विष्णु पादुका दर्शनका लागि प्रत्येक वर्ष बैशाख, जेष्ठमा भारतको गुजरातबाट ठुलो सख्यामा तीर्थालुहरु आउने गरेका छन्।
उद्यानका प्रमुख आकर्षणः
. मणिमुकुन्दसेन उद्यान पार्क
. चिडिया खाना (फुलबारी एनिमल कर्नर)
. बुटवल स्मारक
. बुद्ध सेन वशीय सितकालिन भग्नावशेष दरबार
. बुद्ध बाटिका
. आकर्षक झरना
. एतिहासिक मजार थान
. मणिमुकुन्दसेनको पालामा स्थापित शिव मन्दिर
. स्वामिनारायणको मन्दिर
. शहिद पार्क
. रमणीय बाल उद्यान
. मनमोहक बाटिका
. आदिम मानव रामापिथेकस
. मुनामदन बाटिका
. वनभोज, विवाह भोज र धार्मिक कार्यका लागि व्यवस्थित सेडहरु
. हरियाली रमणीय फुलबारी
. रिचार्ज पोखरी
गत आ.व.मा ४ लाख ५० हजार पर्यटक द्वारा अवलोकनः
गएको आर्थिक वर्षमा आन्तरिक र वाह्य गरि कुल ४ लाख ५० हजार पर्यटक भित्राउन उद्यान सफल भएको छ। जस मध्य ५० हजार वाह्य पर्यटक र ४ लाख आन्तरिक पर्यटक रहेको उद्यानले जनाएको छ। वाह्य पर्यटकको ठुलो हिस्सा भारतीय पर्यटक रहेका छन् । यो संख्या बढ्दो क्रममा रहेको छ। पहाडी भूबनोटमा फैलिएको यस उद्यानबाट समग्र बुटवल शहर देखि टाढा टाढा सम्मका दृष्य अवलोकन गर्न सकिने भएकाले पनि यस उद्यान पति मानिसहरुको आकर्षण बढ्दै गईरहेको छ । उद्यानबाट माथि केही दुरीमा रहेको नुवाकोट गढीबाट बुटवल सम्म जोड्ने निर्माणधिन केबुल कारको निर्माण सम्पन्न भएपछि यस उद्यानको गरिमा र महत्व अझ बढ्ने स्थानीय गणेश दगासे बताउनु हुन्छ।
उद्यानका भावी योजनाः
. नुवाकोट गढी सम्म जाने पदमार्ग निर्माण गर्ने
. राष्ट्रिय स्तरको होटल संचालनमा ल्याउने
. साहसिक खेल जिप साईकिलिङ्ग छिटै संचालनमा ल्याउने
. २ कठ्ठा जग्गामा निर्माणधिन स्वीमिङ्ग पुल संचालनमा ल्याउने
. जैविक पदमार्ग निर्माण गरिने
. फुलबारी क्षेत्र हुदै नुवाकोट गढीबाट जितगढी सम्म रहेको सुरुङ्गमार्ग उत्खनन्का लागि सम्बन्धित निकाय संग पहल गर्ने
. जितगढी किल्ला अवलोकनका लागि आवश्यक स्थाई संरचना निर्माण गर्ने
उद्यान संरक्षणका प्रयासहरुः
. उद्यान संरक्षणका लागि हाल खेम प्रसाद लुइटेलको अध्यक्षतामा १७ सदस्यीय समिति क्रियाशील रहेको
. बि.सं. २०३७ सालमा स्थानीय जनप्रतिनिधिको पहलमा पार्क निर्माण कार्य अघि बढेको
. २०५४ सालमा संस्था दर्ता गरिएको
. बि.सं. २०६५ सालबाट निर्वाचित संरक्षण समिति क्रियाशील भई उद्यानको संरक्षण र विकासका लागि कार्य सम्पादन गर्दै आएको
समस्या र चुनौतीः
करिब १५ जनाको सख्याको रहेका कर्मचारी तथा दैनिक आवश्यकता अनुसार १३–१४ जना ज्यालादारीमा काम गर्ने श्रमिकलाई रोजगारी दिइरहेको । यस उद्यानलाई प्रदेश र संघीय सरकारबाट सहयोग र अनुदान प्राप्त नहुदा पूर्वाधार निर्माणमा सोचे अनुरुप काम गर्न नसकिएको सहायक कार्यलय प्रमुख अमित कुमार श्रेष्ठ बनाउनु हुन्छ । प्रवेश शुल्क, पिकनिक शुल्क, विवाह शुल्क, बाल उद्यान, मन्दिर भेटी, सटर भाडा लगायतका स्रोतबाट प्राप्त आम्दानीले उद्यान कर्मचारी व्यवस्थापन सामान्य भौतिक निर्माणका कामहरु अगाडी बढाइएको भए पनि ठुलो संख्यामा राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटक आकर्षित गर्ने गरि पूनर्निमाण उत्खनन् र भौतिक संरचना निर्माणको लागि प्रदेश सरकार र सघीय सरकारको सहयोग समेत खाचो पर्ने श्रेष्ठ बताउनुहुन्छ।
मणिमुकुन्दसेन उद्यान पार्क र पिकनिक स्पट मात्र नभई अङ्ग्रेज फौजलाई बीर गोर्खालीहरुले पराजित गरेको जितगढी किल्ला, मुकुन्दसेनको दरबार रहेको क्षेत्र पनि हो। यहाँ मंसिर देखि फाल्गुण सम्म र सार्वजनिक विदाको दिनहरुमा वनभोज खानेहरुको भिड लाग्नुको साथै विवाहका लागि धेरै मानिसहरुको रोजाई बन्दै गइरहेको छ। पार्कमा रमाउदै एतिहासिक धार्मिक र साँस्कृतिक इतिहासलाई पनि नजिकबाट नियाल्न र अवलोकन गर्न सकिने यस उद्यानको राष्ट्रिय तथा अन्तरराष्ट्रिय महत्व दिन प्रति दिन बढ्दै गइरहेको छ।
(मणिमुकुन्दसेन उद्यान सहायक कार्यलय प्रमुख अमित कुमार श्रेष्ठ संगको संवाद तथा उद्यान द्वारा प्रकाशित बुलेटिनमा आधारित)
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उत्कृष्ट गन्तब्यको रुपमा उदाउदै मणिमुकुन्द सेन उद्यान, #बुटवल, #मणिमुकुन्द सेन उद्यान
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्