भारतले महाकाली नदीमा अनधिकृत संरचना निर्माण गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीको आपत्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ । नेपाली नागरिकहरूले त्यसको प्रतिरोध गर्दा भारतीय पक्षबाट हानिएको ढुङ्गाले खेलिरहेका नेपाली बालबालिकासमेत घाइते भएको र एक वर्षभित्र ३ पटक ढुंगामुढा भइसकेको समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको पार्टीले जनाएको हो ।
अन्तर्राष्ट्रिय सन्धि सम्झौता, भारतसँगको हाम्रै द्विपक्षीय सन्धि सम्झौताहरू विपरीत कार्य भइरहँदा पनि सरकार मूकदर्शक बनेर रमिता मात्रै हेरिरहनु हदैसम्मको गैरजिम्मेवार कार्य भएको पार्टीको ठहर छ ।’ सरकारको गैरजिम्मेवारीले स्थानीय नेपाली नागरिकहरू प्रतिरोधमा उत्रिनु पर्ने वाध्यता बनेको छ । विभिन्न संरचना बनाएर महाकालीको बहाव नेपालतर्फ धकेलिँदा र त्यहाँका स्थानीय नेपाली नागरिकहरू प्रतिरोधमा उत्रिरहँदा ठूलो दुर्घटनाको जोखिम बढाएको छ,’ प्रवक्ता डा.मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
भारतीय पक्षबाट महाकालीको बहाव परिवर्तन गर्ने, नदी तथा किनारमा अनधिकृत संरचना निर्माण गर्ने, ढुंगामुढा गर्ने जस्ता कार्यहरू आपसी सद्भाव बिगार्ने, दुखद, अतिक्रमणकारी र भर्त्सनायोग्य भएको पार्टीको ठहर छ । यस्ता कार्यहरू नगर्न, बनाउँदै गरिएका र बनिसकेका अनधिकृत संरचनाहरू भत्काउन भारत सरकारको ध्यानाकर्षण गराएको छ ।
त्यस्तै नेपाल सरकारले भारतसँगका हाम्रा र अन्तर्राष्ट्रिय सन्धि सम्झौताका आधारमा आफ्नो सीमा र नागरिकको रक्षा गर्न यथाशीघ्र कूटनीतिक पहल सुरु गरिहाल्न, घाइते तथा पीडितहरुको औषधी उपचार, सुरक्षाको बन्दोबस्त गर्दै सीमा सम्पदाको संरक्षक र नागरिकलाई अभिभावकत्वको अनुभूति हुने गरी प्राथमिकताका साथ कार्य गर्न माग गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्