Techie IT
आईतबार, वैशाख ७,२०८२

योगेश भट्टराईलाई एमाले अध्यक्ष ओलीले दिए बधाई


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्य निर्वाचित पार्टी सचिव एवम् युवा नेता योगेश भट्टराईलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

आज सोमबार बिहान ओलीलाई भेट्न बालोकोट पुगेका भट्टराईलाई ओलीले निर्वाचन जितेकामा बधाई दिँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय अभियानलाई सार्थक बनाउन सफलता प्राप्त होस् भनी शुभकामना व्यक्त गरेका हुन् ।

निर्वाचनपछि पहिलोपल्ट भएको भेटमा बधाई तथा शुभकामना साटासाट गरिनाका साथै समसामयिक विषयमा पनि छलफल भएको थियो ।

भेटमा नेता भट्टराईले बदलिदो राजनीतिक परिवेशमा एमालेले अब चाल्नुपर्ने राजनीतिक कदमबारे अध्यक्ष ओलीसमक्ष आफ्नो विचार व्यक्त गरेको बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #योगेश भट्टराई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545