Techie IT
शनिबार, वैशाख ६,२०८२

स्वरसम्राट नारायण गोपालको आज ३२औँ स्मृति दिवस


काठमाडौँ । स्वर सम्राट नारायण गोपाल गुरुवाचार्यको ३२औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइदैछ ।

नारायण गोपालको २०४७ मङ्सिर १९ गते आजकै दिन स्वर्गारोहण भएको थियो ।

नारायण गोपाल गुरुबाचार्यको जन्म वि.सं. १९९६ साल असोज १८ गते बुबा आशा गोपाल गुरुबाचार्य र आमा रामदेवी गुरुबाचार्यको सन्तानका रूपमा काठमाडौँको किलागलमा भएको हो ।

वि सं २०१७ सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको सङ्गीतमा गीत गाएर स्वर परीक्षा पास गर्नुभएका उहाँले थुप्रै कालजयी गीत गाउनुभएको छ ।

उहाँका  एउटा मान्छेको मायाले कति, यो मुटुलाई कसरी सम्झाई बुझाउ, झरेको पात झैँ भयो जिन्दगी, केही मीठो बात गर, तिमीलाई भुल्दा, साउनको झरी बनी तिमी आउन जस्ता गीतहरू चर्चित छन् ।

स्वर्गीय नारायण गोपाल गुरुवाचार्य, एक सफल तथा ख्यातिप्राप्त नेपाली आधुनिक गायक हुनुहुन्थ्यो । उहाँलाई नेपालको स्वरसम्राटको उपाधिले सम्मान गरिएको थियो ।

नेपाली भाषाका पहिलो पुस्ताका गायकका रुपमा परिचित नारायण गोपालले गायनलाई पेसाको रूपमा अङ्गाल्नुभएको थियो । नारायण गोपालले नेपाली कालजयी १ सय ३६ वटा गीतहरू गाउनुभएको छ ।

सबै नेपालीको मनमनमा बस्न सफल गायक नारायण गोपालले नेपाली चलचित्र तथा नाटकहरूमा समेत गीत गाउनुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नारायण गोपाल, #स्वर सम्राट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545