Techie IT
शुक्रबार, चैत्र २८,२०८१

प्रत्यक्षतर्फ कुन पार्टीले कति सिट जित्यो ?


काठमाडौं । मंसिर ४ गते सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फ १ सय ६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ ।

सोमबार बिहान प्रतिनिधिसभातर्फ दोलखाको पनि मतपरिणाम सार्वजनिक भएसँगै सबै क्षेत्रको नतिजा आएको निर्वाचन आयोगले जनाएको छ ।

दोलखामा सत्ता गठबन्धनका उम्मेदवार गंगा कार्की निर्वाचित भए । निर्वाचन आयोगका अनुसार निर्वाचनबाट प्रतिनिधिसभामा कांग्रेस प्रत्यक्षतर्फ ५७ सिट प्राप्त गर्दै पहिलो पार्टी बनेको छ ।

यस्तै एमालेले ४४ सिट जित्दा नेकपा माओवादी केन्द्रले १८ सिट जितेको छ । यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीले १०, जसपा, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले ७/७ तथा लोसपाले ४ सिट जितेको छ ।

यसैगरी नागरिक उन्मुक्ति पार्टीले ३ सिट जित्दा राष्ट्रिय जनमोर्चा, नेमकिपा र जनमत पार्टीले १/१ सिट जितेको निर्वाचन आयोगले जनाएको छ । यस्तै, ५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

प्रतिनिधिसभामा १ सय ६५ प्रत्यक्ष र १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचत हुने व्यवस्था छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #निर्वाचन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:41 am6:27 pm +0545