Techie IT
शनिबार, वैशाख ६,२०८२

सुकुम्बासी बस्तीमा महानगरको डोजर चलाउने कार्यप्रति जनता समाजवादी पार्टीको ध्यानाकर्षण


जनता समाजवादी पार्टी, नेपालले काठमाण्डौको थापाथलीमा गत मंगलबार सुकुम्बासी बस्तीमा महानगरको डोजर चलाउने कार्यप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जसपाले देशमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यबस्थित सुकुम्बासीहरूको पहिचान तथा प्रमाणीकरण र अभिलेखिकरण गर्न राष्ट्रियभूमि आयोगले काठमाण्डांै महानगरपालिका सहित अधिकांश स्थानीय सरकारसँग सम्झौता गरेको र सोही अनुरूप कतिपय ठाउँमा स्थानीय सरकार र राष्ट्रिय भूमि आयोगले काम अगाडि बढाइरहेको बेला काठमाण्डौको थापाथली स्थित बागमती नदी किनारमा वसोबास गर्दै आएका सुकुम्बासी बस्ती हटाउन खोज्दा उत्पन्न घटनाप्रति जनता समाजवादी पार्टी, नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एकिकृत बागमती सभ्यता विकास समितिले बागमती नदी किनारका क्षेत्र सौन्दर्यकरण गर्ने भन्दै त्यहाँका घरटहरा र खासगरी सुकुम्बासी बस्ती हटाउन सूचना जारी गरेको आधारमा काठमाण्डौ महानगरको बस्तीमा डोजर चलाउने काम अविलम्ब रोकी सरोकारवालाहरू सँगको समन्वयमा विधि, प्रकृया र कानुनसम्मत ढंगले आपसी समझदारीका आधारमा समस्या समाधानको बाटो पहिल्याउनु पर्नेमा जसपाले जोड दिएको छ ।

विद्यमान सुकुम्बासी समस्या सिंगो मुलुकको समस्या हो,गम्भीर र संयमित भई सम्बन्धीत सबै पक्षलाई अगाडि बढ्न जसपा, नेपालले जोडदार माग गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #जनता समाजवादी पार्टी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545