Techie IT
आईतबार, वैशाख ७,२०८२

गोरखामा बहु विवाहको अभियोगमा दुई जना पुरुष पक्राउ


गोरखा । गोरखामा बहु विवाहको अभियोगमा दुई जना पुरुष पक्राउ परेका छन् । सिरानचोक गाउँपालिका ४ गैरागाउँका जोनी पोखरेललाई विहिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

सोहि ठाउँकी सम्झना पोखरेल गोतामेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको सूचना अधिकारी रविन्द्र अधिकारीले जानकारी दिए ।

त्यस्तै, बहुविवाहकै अभियागमा शहिदलखन गाउँपालिका ९ का हुम बहादुर खड्का(प्रकाश) लाई प्रहरीले पक्राउ गरिएको छ । सोहि ठाउँकी कमला खड्काको दिएको जाहेरीको आधारमा उनलाई विहिबार पक्राउ गरिएको सूचना अधिकारीले रविन्द्र अधिकारीले जानकारी दिए ।

पक्राउ परेका पोखरेल र खड्कालाई गोरखा जिल्ला अदालत गोरखाबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545