क्यान गोरखाकोअध्यक्षमा सुदिप कोइराला चयन

गोरखा। कम्प्यूटर एशोसियशन अफ नेपाल महासंघ गोरखा शाखाको अध्यक्षमा सुदिप कोइराला चयन भएका छन् । शाखाको नवौँ साधारण सभा तथा चौथो अधिवेशनले कोइरालालाई अध्यक्षमा सर्व सम्मत चयन गरेको हो ।
उपाध्यक्षमा बावुराम तिवारी, सचिवमा भक्तराम राना, सहसचिवमा पूर्णकुमारी शाही र कोषाध्यक्षमा जनकराज कोइराला सर्वसम्मत बिजयी भएको क्यान गोरखाले जनाएको छ ।
क्यानको सदस्यहरुमा खोपबहादुर राना, सुसारा राना, दिनेश श्रेष्ठ र रुवेन्द्र कुँवर बिजयी भएका छन् । अन्य २ सदस्य भने नवनिर्वाचित कार्य समितिको पहिलो बैठकल मनोनित गर्ने अध्यक्ष कोराइलाले बताए ।
कार्यक्रममा क्यान गण्डकी प्रदेशका सचिव केशवराज भट्टराई, नवलपुर उद्योग बाणिज्य संघका महासचिव सागर पोखरेल र क्यान गोरखाका संस्थापक अध्यक्ष अशोकबावु राना, चेम्बर अफ कमर्श गोरखाका अध्यक्ष भाईचन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #कम्प्यूटर एशोसियशन अफ नेपाल महासंघ गोरखा, #क्यान गोरखा, #सुदिप कोइराला
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्