Techie IT
आईतबार, वैशाख ७,२०८२

बाजुराबाट कांग्रेसका सह-महामन्त्री बद्री पाण्डे विजयी


बाजुरा। बाजुरा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सह-महामन्त्री बद्री प्रसाद पाण्डे विजयी हुनुभएको छ।

पाण्डेले नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापालाई ५हजार ४सय ३७ को मतान्तरले पछि पार्दै विजय हासिल गर्नुभएको हो।विजयी पाण्डेले ३१हजार ७ सय ८६ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी एमालेका कर्णबहादुर थापाले २६हजार ३सय ४९मत प्राप्त गर्नुभएको छ।बाजुरामा जम्मा मतदाता८३हजार ५सय ६७मध्ये ६०हजार एक सय५२मत खसेको थियो ।

प्रतिनिधिसभा एक र प्रदेश सभा दुई रहेको बाजुरामा प्रदेश सभा क मा एकीकृत समाजवादीका नरेश कुमार शाही प्रदेश ख मा कांग्रेसका पदम बहादुर शाहि र प्रतिनिधि सभामा पाण्डे विजयी हुनुभएको हो।यो सँगै बाजुरामा मतगणना कार्य सबै सम्पन्न भएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कर्णबहादुर थापा, #बद्री पाण्डे


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545