कतार विश्वकप : नकआउट चरण आजबाट, दुई खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबारबाट नकआउट अर्थात् राउण्ड अफ १६ का खेलहरु सुरु हुँदैछ । शनिबार राउण्ड अफ १६ का दुई खेलहरु हुनेछन् ।
राउण्ड अफ १६ को पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्ने छन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाउने योजनामा रहेका छन् ।
नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिका भने समूह ‘बी’ को उपविजेता बनेको थियो ।
यस्तै दोस्रो खेलमा अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । खेल राति १२:४५ बजे सुरु हुनेछ ।
उपाधि दाबेदार अर्जेन्टिना अष्ट्रेलियालाई हराएर क्वाटरफाइनलमा पुग्न चाहन्छ । अष्ट्रेलिया पनि अर्जेन्टिनालाई घर पठाउदै अघि बढ्ने योजनामा रहेको छ ।
अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने अष्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #कतार विश्वकप, #दुई खेल हुँदै, #नकआउट चरण आजबाट
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्