धनुषामा हत्याको अभियोगमा दुई पक्राउ

जनकपुरधाम । आपसी झगडाको विषयलाई लिएर धनुषामा एक जना पुरुषको हत्या भएको भने सोही परिवारका चार जना घाइते भएको अभियोगमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको मिथिला विहारी नगरपालिका ४ रमौलका वर्ष ५३ का प्रभु यादवको हत्याको अभियोगमा सोही वडाका वर्ष ४१ का लालबाबु यादव र वर्ष ३१ का सुरेश यादवलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिनुभयो ।
गए राति साढे ८ बजे स्थानीय सुरज यादवको परिवारको समूहले घरेलु हतियारसहित घरमै आएर एक्कासी आक्रमण गर्दा प्रभुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा प्रभुकी श्रीमती महाजनी देवी यादव, छोराहरू जगरनाथ यादव, सन्तोष यादव र अशोक यादव घाइते भएका छन् । सन्तोषको टाउकोमा १८ वटा टाँका लगाइएको छ भने हातका दुईवटा औँला छिनेका छन् । घाइतेहरूको उपचार प्रादेशिक अस्पतालमा जनकपुरधाममा भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पक्राउ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्