Techie IT
शनिबार, वैशाख ६,२०८२

रवि लामिछानेको नागरिकताबारे अनुसन्धान गर्न प्रहरीलाई प्रशासनको पत्र


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ। लामिछानेको नागरिकता र राहदानीसम्बन्धी विवाद अनुसन्धान गर्न पत्र आएको र कानुनी प्रक्रिया सुरु गरिएको एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

निर्वाचनकै क्रममा लामिछानेविरुद्ध उनको नागरिकता र राहदानीको विषयमा निर्वाचन आयोगमा उजुरी परेको थियो ।

नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बनेका रविले अमेरिकी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता प्राप्त नगरेको भन्दै आयोगमा उजुरी परेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #रवि लामिछाने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545