मंसिर २२ गतेदेखि सरकारविरुद्ध आन्दोलन गर्दै नाडा

काठमाडौं । लामो समयदेखि सवारीसाधन आयातमा प्रतिबन्ध लागेपछि सरकार र राष्ट्र बैंकलाई दबाब दिन भन्दै अटोमोबाइल व्यवसायीहरुले आन्दोलन गर्ने भएका छन् ।
नाडा अटो मोबाइल एसोसिएसनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सवारी आयातमा प्रतिबन्ध लगाउने निर्णयविरुद्ध चरणबद्ध आन्दोलन गर्ने जनाएका हुन् ।
नाडाका अध्यक्ष ध्रुव थापाले पहिलो चरणमा सामाजिक सञ्जालबाट विरोध प्रदर्शन गर्ने र त्यसपछि कालो ब्यानर प्रदर्शन गर्ने तथा धर्ना दिने लगाएतका कार्यक्रमहरुको आयोजना गर्ने जानकारी दिए । उनले शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था खारेज गर्नुपर्ने बताए ।
अध्यक्ष थापाले अब पनि सवारी आयात प्रतिबन्ध नहटाए अटो व्यवसाय थला पर्ने अवस्थामा पुगको धारणा राखे । आफूहरुको समस्याका बारेमा पटक पटक राज्यको ध्यानाकर्षण गरेपनि सुनुवाई नभएको उनको भनाई छ । मंसिर २२ गतेसम्मपनि आफूहरुको मागमा सुनुवाई नभए दोश्रो चरणको आन्दोलन सुरु गर्ने नाडाले जनाएको छ ।
विदेशी मुद्राको सञ्चिती कम भएको भन्दै गत आठ महिनादेखि पेट्रोलबाट चल्ने निजी सवारीसाधन पूर्ण रुपमा आयात प्रतिबन्ध छ भने दुई पांग्रेतर्फ १५० सीसी तलका मोटरसाइकल मात्रै आयात खुला छ ।
राष्ट्र बैंकले आयात गर्न पाउने गाडीमा शतप्रतिशत मार्जिनको व्यवस्था कायमै राखेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नाडा, #मंसिर २२ गतेदेखि सरकारविरुद्ध आन्दोलन गर्दै नाडा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्